काठमाडौं उपत्यकामा डरलाग्नेगरी बढ्यो कोरोनाको संक्रमण



काठमाडौँ – नेपालमा कोरोनाको कहर दिनानुदिन बढ्दै गइरहेका बेला आज एकैदिन काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएसँगै अवस्था झनै भयाभह बन्दै गएको छ ।

नेपालमा बिहिबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाका बिरामीको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार १७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

मन्त्रालयका अनुसार बिहिबार मात्रै नेपालमा १ हजार ४९७ जनामा संक्रमण देखिएको छ भने आज ४५७ संक्रमित निको भएर घर फर्किएका छन् ।

Comment