तिनाउ नदीमा आएको भीषण बाढीले एक घर बगायो, जोखिममा रहेका घरबाट धमाधम समान निकालिदै



तिलोत्तमा-तिनाउ नदीमा आएको बाढीले बुटवलमा रहेको एक घर बगाएको छ । दिउँसो बुटवल उपमहानगरपालिका–१७ रानीगन्जको खोला किनारमा रहेको प्रेमकुमारी खाम्चाको ब्लक जडान भएको ४ कोठे घर बगाएको हो ।

त्यस्तै सोही स्थानका सुन्दर गन्धर्वको घरको शौचालय र बाथरुम समेत बगाएको प्रहरीले जनाएको छ । घर बगाएपछि खाम्चा तिलोत्तमास्थित छोराको घरमा गएर बसेकी छन् ।

जोखिममा रहेकाहरु आफन्तकोमा गएर बसेका छन् ।पानीको बहाब बढ्दै गए थप ४र ५ घर जोखिममा पर्ने भन्दै उनले इलाकाबाट खटिएको टोलीले सामान निकाल्न र मानिसलाई अन्यत्र सार्न सहयोग भइरहेको छ । स्थानीय पुरुषोत्तम पुरी, तिलक गैरे र गणेश गैरेको घर जोखिममा रहेकाले घरबाट सामान निकालिसकिएको बताइएको छ ।

Comment