सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित, १४ न्यायाधीशको छुट्टै बैठक — OSNepal

सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित, १४ न्यायाधीशको छुट्टै बैठक

LC (KTM) October 25, 2021 0

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ । सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बैठक बस्न नसकेको हो ।

प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए । तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

अहिले १४ न्यायाधीशको छुट्टै बैठक बसिरहेको छ । बैठकले अब कसरी अघि बढ्ने भन्ने निर्णय लिने बुझिएको छ । यस्तै, प्रधानन्यायाधीश जबराको कार्यक्षमता र योग्यताका विषयमा छलफल गर्न नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनको बैठक पनि बसिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर