यसरी घरमै गर्न सकिन्छ कपालको हेरचाह, लौका देखि महसम्मको प्रयोग गरेर



काठमाडौ ९ असोज । हरेक व्यक्तिको चाहाना हुन्छ आफ्नो कपाल राम्रो, बाक्लो,र लामो होस भन्ने त्यसमा पनि महिलाहरुको लागि त कपाल सौन्दर्यको एउटा महत्वपुर्ण पाटो हो ।

जसको लागि हरेक महिला दिदिबहिनी महँगो शैम्पु, ब्युटिपार्लर, मिडियामा आएका विज्ञापनको भरमा आफ्नो आम्दानीको आधा पैसा कपालमानै खर्च गर्छन् । तर पनि कपाल भनेको जस्तो राम्रो , नरम हुँदैन । हामीले हाम्रो घरआँगनमा पाउने सामग्रीलाई भने र्बिसिएका हुन्छौं, जस्तो अण्डा । हरेकको घरमा पाइने कुखुराको अण्डाले हाम्रो कपाललाई नसोचेको परिर्वतन गराइदिन्छ । जसको लागि अण्डालाई यसरी प्रयोग गर्न सकिन्छ ।

पहिला आफ्नो कपालको पहिचान गर्नुहोस् सुख्खा होकी चिल्लो भनेर । त्यसपछि कपाल सुख्खा , हाँगा फाटेको भए अण्डाको सेतो भाग मात्र प्रयोग गर्ने, यदि साधारण कपाल छ भने अण्डाको सबै सेतो र पहेंलो भाग प्रयोग गर्न सकिन्छ, जुन ओसिलो कपालमा २० मिनेट सम्म लगाएर छाड्ने र चिसो पानी थुने जसले गर्दा कपाल को सौन्दयर्तामा निखार ल्याउँछ ।

कपाललाई सधैं सफा र चिसो पानीले मात्र नुहाउने तातो पानीले नुहाउँदा कपालमा सुख्खा र हाँगा फाट्ने समस्या लेखा पर्दछ । हरेक व्यक्तिको समस्या हो कपालमा पर्ने चाया जसले मानिसलाई फोहोरी बनाउँछ ।
लौकाको जुस निकालेर त्यसलाई कपालमा लगाई आधा घण्टा पछि नुहाउने जसले कपाललाई नसोचेको फाइदा पुर्याउँछ ।

यखि तपाईले कपालमा कन्डिसनर प्रयोग गर्नुहुन्छ भने त्यसमा २ चम्चा मह मिसाएर चिसो कपालमा लगाउनुहोस् । यसरी कपालमा लगाउँदा कपालको छाना बन्द भई कपालाई नरम र मुलायम बनाउँछ ।
यदि तपाईको कपाल सुक्खा र बिग्रिएको छ भने बदामको तेललाई मनतातो बनाएर कपालमा लगाउनुहोस् र केही बेर पछि चिसो पानीले नुहाउँनुहोस् ।

कपालको हेरचाहको लागि सबैभन्दा प्रभावकारी घरेलु उपचार भनेको स्वस्थ आहार हो। यदि तपाईले प्रशस्त पानी खानुहुँन्छ , कच्चा फल र तरकारी खानु हुन्छ भने यो तपार्ईको कपालको लागि सबैभन्दा स्वस्थ आहार हो ।

Comment