केहि बर्ष देखी अभिषेक र मामा गोबिन्दाको बिबाद बढ्दै, अझै टुग्गिएन कुरा — OSNepal

केहि बर्ष देखी अभिषेक र मामा गोबिन्दाको बिबाद बढ्दै, अझै टुग्गिएन कुरा

LC (KTM) October 25, 2021 0

कमेडियन कृष्णा अभिषेक तथा उनका मामा गोबिन्दाको बिबाद बितेको केही बर्ष देखी चलिरहेको छ । कृष्णा जहा आफ्नो मामा माईजुको बिरुद्ध बोल्नका लागि जोगिईने गरेका छन् त्यहि ठाउँमा उनकी पत्नी कश्मिरा शाह गोबिन्दाको पत्नी सुनीता माथि निशाना साँध्न पुगिहाल्छिन् ।

रिस पोख्न उनी कुनै मौका नै छोड्दिनन् । दोस्रो तर्फ गोबिन्दा यो बिबादमा एकदमै चुप रहने गरेका छन् । तर गोबिन्दाकी पत्नी सुनीता आहुजा कृष्णाको परिवारलाई छेडछाड गर्न कुनै कसर बाँकि राख्दिनन् । यस बिबादका बिषयमा अब कृष्णा अभिषेककी बहिनी आरतीको प्रतिक्रिया बाहिर आएको छ ।

आरतीका अनुसार दुई परिवारको झगडाले उनलाई समेत असर परेको छ । आरतीले बताएकी छिन् कि गोबिन्दा तथा उनको परिवार आपसमा बातचित गर्दैनन् । उनले भनिन्– एउटा भनाई छ गहुको साथमा घुन पनि पिसिन्छ ।

उनको बीचमा जुन बिबाद भयो त्यसको परिणाम मैले भोगि रहनु परेको छ । मामा तथा उनको परिवार म संग पनि कुरा गर्दैनन् ।उले आफुले यो बिबाद सुल्झाउन कृष्णा लाई पनि भनेको बताईन् । अब यी दुई परिवार बिचको बिबाद चाँडै टुंगिनेछ भन्ने उनले आशा ब्यक्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर