हारेपछि पाकिस्तानका खेलाडी संग बिराट कोहलीले मारेको अंगालो भाइरल बन्यो , बलिउड अभिनेता सोनू सूदले गरे बिराट कोहलीको तारीफ — OSNepal

हारेपछि पाकिस्तानका खेलाडी संग बिराट कोहलीले मारेको अंगालो भाइरल बन्यो , बलिउड अभिनेता सोनू सूदले गरे बिराट कोहलीको तारीफ

LC (KTM) October 25, 2021 0

भारत तथा पाकिस्तानबीचको खेल जहिले पनि हाइभोल्टेजमै रहने गर्छ । वल्र्ड कपमा त दर्शकको उत्साह यी दुई टीम हुदा दोब्बर नै हुने गरेको छ । आईतबार टि–ट्वान्टी वल्र्डकपमा भारतको पहिलो म्याच पाकिस्तान संग थियो । सधै जस्तो यसपाली पनि यकिन थियो कि भारतले म्याच जित्छ । अभ्यास खेलमा पनि भारतको राम्रै प्रर्दशन थियो तर नतिजा ठिक बिपरीत आयो । क्रिकेटको ईतिहासमा कुनै पनि वल्र्डकप टुर्नामेन्टमा यस्तो पहिलो पटक देखियो कि भारतले पाकिस्तान संगको म्याच हार्न बाध्य भयो ।

म्याच हारे पनि बिराट कोहलीले भने सबैको मन जितेका छन् । उनको यो तरिकालाई बलिउड अभिनेता सोनू सूदले पनि मन पराए । बिराटलाई थाहा भइसकेको थियो कि यो म्याच आज भारतको हात बाट खोसीदैछ । दबाबमा रहे पनि बिराट कोहलीले म्याच सकिए पछि गरेको ब्यवहारले बिश्वको ध्यान तान्न सफल भयो । जब म्याच सकिएर मैदानमा बाबर तथा रिजवानले खुशी मनाउन सुरु गरेका थिए त्यतिबेला बिराट कोहली पाकिस्तानको खेल प्रति खुशी हुदै मैदानमै अंगालो मारेर बधाई दिएका थिए ।

उनी भित्र भित्रै जति पीडामा रहे पनि चिर परिचत प्रतिद्धन्दी पाकिस्तानका खेलाडी बाबरलाई काँधमा धाप मारे भने मोहम्मद रिजवानलाई त अंगालो नै मारेर खुशी साटासाट गरे । यो दृश्यलाई देखेर सोनू सूदले पनि एकदमै खुशी ब्यक्त गरेका छन् । उनले फोटो शेयर गर्दै लेखेका छन्– हो भारतले म्याच जित्यो । म्याच सकिए पछि बिराट कोहलीको त्यो एक अंगालो मराइ कैयौ मुल्यवान ट्रफी बराबर थियो । भुल्नु भयो ? हारेर पनि जित्नेलाई बाजीगर भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर