बलियो प्रतिद्धन्दी इरान संग नेपाल पहिलो हाफमा गोल रहित बराबरीमा — OSNepal

बलियो प्रतिद्धन्दी इरान संग नेपाल पहिलो हाफमा गोल रहित बराबरीमा

LC (KTM) October 25, 2021 0

एएफसी यू २३ एसियन कप छनोटमा अहिले नेपाल र इरानबीचको खेल जारी छ । नेपालले अहिले सम्मकै बलियो मानिएको टिम इरानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भईरहेको खेलमा नेपालले पहिलो हाफमा इरानलाई गोल रहित बराबरीमा रोकेको छ । इरानले १७ औं मिनेट गोल गर्ने अवसर गुमाएको थियो ।

इरानले पाएको पेनाल्टीमा इरानका कप्तान गोल गर्न चुकेका हुन् । उनको प्रहार पोष्ट बाट बाहिर गएको थियो । इरान विरुद्धको यू २३ खेलमा नेपालले अहिलेसम्म कुनै पनि खेल जितेको छैन नेपालले एसियन कप छनोटमा इरानसँग यो दोस्रो पटक खेलिरहेको हो । यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो ।

त्यस खेलमा इरानले नेपाललाई पाँच शुन्यको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले आफ्नो दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्ने छ । त्यस्तै अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । यस समूहको शीर्ष टोलीले एएफसी यू २३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू २३ एसियन कपमा छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर