नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष प्रचण्ड — OSNepal

नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

LC (KTM) October 25, 2021 0

काठमाडौं ८ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा – रिसेटिङ इण्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

नेपाल र भारतबीच सीमासम्बन्धी समस्यलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिने बताएका उनले भने, ‘मोदीजीले जसरी आएर संविधानसभामा बोल्नुभयो, जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दाखेरि ताली बज्यो । यसो हेर्दा यो ताली लगाउनुपर्ने कुरा त होइन । सार्वभौमसत्ता सम्पन्न नेपाली राष्ट्र हो नि । उहिले नि थियो । अहिले नि छ भोलि नि हुन्छ,’

तर, हामीले बडो उत्तेजित भएर ताली लगाइयो यो कुराको हिसाब चाहिं अलि राम्रोसँग भारतले गर्नुपर्छ भन्ने उनको तर्क राखेका छन् । ‘नेपालमा जुनसुकै सिस्टम होस् नेपालको सिस्टमले भारतको नेशनल इन्ट्रेष्टलाई बाधा पुर्‍याएको छैन बरु त्योसँग सहयोगी हुन मद्दत गरेको छ भने नेपालसँग भारतको पनि राम्रो सम्बन्ध हुन्छ’, कार्यक्रममा प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर