बलिउड फिल्म उचाई पछि अर्काे ठुलै बजेटको फिल्म छायाँकनको लागि नेपाल आउँदै — OSNepal

बलिउड फिल्म उचाई पछि अर्काे ठुलै बजेटको फिल्म छायाँकनको लागि नेपाल आउँदै

LC (KTM) October 25, 2021 0

नेपाली सिनेमा छायाँकनको लागि बिदेश पुग्ने गरेको बेला बिदेशी अर्थात बलिउड फिल्महरु भने धमाधम नेपालमै शुटिंग हुन थालेका छन् । नेपालका बिभिन्न ठाउँ बलिउड फिल्मकर्मीहरुको आँखा पर्न थालेको छ । लोकेशन हन्टका लागि बलिउड फिल्म निर्माताहरु नेपाल आउन थालेका हुन् । अहिले बलिउड चलचित्र उचाई नेपालको अग्लो भुभागहरु खुम्बु, मनाङ लगायतका स्थानमा शुटिंग भईरहेको छ ।

बलिउडका चलेका स्टारहरु अनुपम खेर र बोमन इरानी तथा परिणीति चोपडा लगायतको टोली यतिबेलामा उचाइको छायांकनका लागि मनाङमा ब्यस्त रहेका छन् । अरुबेला पनि नेपालमा बलिउड फिल्मका केही सिनहरु शुटिंग भने नभएका हैनन् । तर उचाईले जति अरु बलिउड फिल्मले नेपालमा समय बिताएका छैनन् । यसैक्रममा अब एकदमै ठुलो बजेटको अर्काे एउटा बलिउड फिल्म पनि नेपालमा लोकेशन हन्टका लागि आउने भएको छ ।

उक्त फिल्मका लागि लोकेशन हन्टिङको काम नोभेम्बर ८ तारिख देखी काठमाण्डौमा सुरु हुने निर्माण पक्षले जनाएको छ । यस फिल्ममा नायक डिनो मोरियाको मुख्य भूमिका रहने बताइएको छ । यस फिल्मको छायांकनका लागि रोजाईका शहरहरु काठमाडौं, पोखरा, चितवन र मुस्ताङ रहेका छन् । यस फिल्मको छायांकन डिसेम्बर बाट सुरु हुने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर