जनप्रतिनिधिले नै दानमा दिए वार्ड कार्यलयको भवन बनाउन लाखौ मुल्य पर्ने जग्गा — OSNepal

जनप्रतिनिधिले नै दानमा दिए वार्ड कार्यलयको भवन बनाउन लाखौ मुल्य पर्ने जग्गा

LC (KTM) October 25, 2021 0

इटहरी उपमहानगरपालिका एक जनप्रतिनिधीले वडा कार्यलयको भवन बनाउनका लागि लाखौ रुपैयाको जग्गा दान दिएका छन् । यस्ता दानबीर इटहरी उपमहानगरपालिकावडा नम्वर १४ का वडाअध्यक्ष रमेश चौधरी रहेका छन् । उनले वार्ड कार्यालय भवन बनाउनका लागि भनेर पचास लाख भन्दा वढि मूलय रहेको साढे २१ धुर जग्गा दान गरेका हुन् ।

स्वर्गीय पिता उमालाल चौधरीको स्मृति र आमा चेपरी देवी थरुनीको नाममा वडाध्यक्ष चौधरीले सो जग्गा प्रदान गरेका हुन् । सोही जग्गामा उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले वडाकार्यालय भवन शिलान्यास गरेका छन् । वडाकार्यालय भवन निर्माण १ करोड २२ लाख,५२ हजार २ सय ३१ रुपैयाको लागत अनुमान गरिएको छ ।

भवन निर्माण कम्पनीले ७८ लाख ८३ हजार २ सय २३ रुपैयामा ठेक्का लिएर निर्माण सुरु गरिएको उपमहानगरपालिकाका इन्जिनियर अरुण राजलवजले जानकारी दिए । शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले निर्माण समाग्री र निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने वताए । सो अवसरमा उनले वडामा वाढिले भत्काएका वाटोहरु तिहार अघिनै वनाइसक्न निर्देशन समेत दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर