शाहरुख–गौरीको यस्तो गज्जवको लभस्टोरी , शाहरुखले बिबाहमा लगाएका थिए भाडाको कोट, पेरिस भन्दै दार्जिलिंग घुमाउन लगेका थिए — OSNepal

शाहरुख–गौरीको यस्तो गज्जवको लभस्टोरी , शाहरुखले बिबाहमा लगाएका थिए भाडाको कोट, पेरिस भन्दै दार्जिलिंग घुमाउन लगेका थिए

LC (KTM) October 25, 2021 0

बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ओम शान्ति ओको एक चर्चित डायलग रहेको छ– यदि कुनै कुरालाई अन्तरहृदय बाटै चाहना राख्यो भने सारा सृष्टि त्यसलाई तिमि संग मिलाउनका लागि कोशिशमा लाग्ने गर्छ । यो कुरा शाहरुख खानको असली जिन्दगीमा पनि लागु हुन्छ । शाहरुख खानले पनि गौरी खानलाई मात्रै चाहे । अहिले आज उनीहरु संगै भएको पनि ३० बर्ष पुरा भएको छ । बलिउड जोडीमा सबैभन्दा सफल जोडीको ट्याग दिनु पर्दा सबैभन्दा पहिला शाहरुख तथा गौरीको नाम आउने गरेको छ ।

शाहरुख खानले गौरी संग त्यो समयमा बिबाह गरेका थिए जब उनी उद्योगमा नयाँ थिए भने आफ्नो पाइला अघि बढाउने कोशिश गरिरहेका थिए । उनीहरुको बिबाह गरेको आज ३० औ बर्ष पुग्यो तर पनि एक अर्का प्रतिको माया उत्तिकै रहेको छ । तर छोरा आर्यन जेलमा रहेका कारण उनीहरुले आज कुनै खुशीयाली मनाएनन् । यो जोडीको कुरा गर्ने हो भने शाहरुख खान जब १८ बर्षका थिए त्यतिबेला गौरी संगको उनको माया साटिएको थियो । गौरी त्यो समयमा १४ बर्षकी थिईन् ।

दुबै जना एक अर्का संग परिचित रहेका थिए । शाहरुख खानले फिल्ममा करियर बनाउने कुरामा गौरी दुबिधामा रहेकी थिईन् सुरुमा । यो जोडीले १९९१ मा बिबाह गरेको थियो । त्यतिबेला शाहरुख खान संग न पैसा थियो न ज्यादा काम नै । यहा सम्मकी उनले बिबाहमा लगाएको शुट समेत भाडामा ल्याइएको थियो । उनले त्यो शुट आफ्नो फिल्म राजु बन गया जेन्टल मैन को सेट बाट भाडामा लिएका थिए । उनले एक अन्र्तबार्तामा आफुले बिबाह गर्दा एकदमै गरीब रहेको बताएका थिए ।

उनले गौरीलाई बिबाह पछि पेरिस घुमाउन लैजाने झुटो बाचा गरेको बताए । उनले भने– म संग त्यतिबेला न गौरी लाई पेरिसको एफल टावर घुमाउने पैसा थियो न त हवाए जहाजको टिकट नै । मैले आम मानिस जस्तै उनलाई झुटो बाचा गरेको थिए । उनले राजु बन गया जेन्टल मैनको एउटा गितको शुटिंग दार्जिलिंगमा रहेको र उनले गौरीलाई पेरिस लैजाने क्षमता नभए पनि दार्जिलिंग लगेर पेरिस भनेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर