परिचय–पत्र बिनाका कसैलाई पनि कोठा भाडामा नदिनु : गृह मन्त्रालय — OSNepal

परिचय–पत्र बिनाका कसैलाई पनि कोठा भाडामा नदिनु : गृह मन्त्रालय

LC (KTM) October 25, 2021 0

काठमाडौँ ८ कात्तिक । सरकारले परिचय पत्र विना कसैलाई घरभाडामा नदिन आग्रह गरेको छ । सोमबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी गराएको हो ।

मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ,’पछिल्ला केही दिनका घटनाहरुबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ ।’

पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिनु हुनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तो लेखिएको छ विज्ञप्तीमा;
size-large wp-image-101012″ />

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर