नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन दररेटमा १५ प्रतिशत वृद्धि गर्ने सरकारको निणर्य — OSNepal

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन दररेटमा १५ प्रतिशत वृद्धि गर्ने सरकारको निणर्य

LC (KTM) October 25, 2021 0

काठमाडौं ८ कात्तिक । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोबाट पितिड जनतालाई राहात देखि नियुक्त समेत गरेको छ ।

भित्राउने बेलाको धानलाई बेमौसमा आएको पानीले गर्दा आएको बाढी पहिरोले डुबानमा परिक्षति पुर्याएकोले त्यसको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरिएको छ । सो कार्यदलले बुझाएको अध्ययन प्रतिवेदन र मूल्यांकनका आधारमा सरकारले पिडितलाई क्षतिपुर्ति दिने जनाइएको छ ।

गृह मन्त्रालयका सचिव संयोजक र कृषि, अर्थ, उद्योग, संघीय मामला र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहने गरी कार्यदल गठन गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी दिएका छन् ।

त्यसैगरी, अपरान्ह्र चार बजे बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी , नेपाल पुर्नविमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा। रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ ।

साथै ,निगमको अध्यक्ष पदबाट सुशिल घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने यनिणर्य समेत आजको बैठकले गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन दररेटमा १५ प्रतिशत वृद्धि गर्ने निणर्य समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर