आर्यनको केसमा बलिउड उद्योगको मौनता, गायक मिक्का सिंहले , भने– सबै नाटक हेरिरहेका छन् , सबैका छोरा जेल जाउन अनि थाहा हुन्छ — OSNepal

आर्यनको केसमा बलिउड उद्योगको मौनता, गायक मिक्का सिंहले , भने– सबै नाटक हेरिरहेका छन् , सबैका छोरा जेल जाउन अनि थाहा हुन्छ

LC (KTM) October 25, 2021 0

बलिउड सुपरस्टार शाहरुख खान तथा उनका छोरा आर्यन खान यतिबेला एकदमै चर्चामा रहेका छन् । चर्चाका साथ शाहरुखको पुरै परिवार तनावमा रहेको छ । आर्यन मुम्बई क्रुज ड्रग्स पार्टी केसमा आर्थर रोड जेलमा दिनहरु कटाई रहेका छन् । यसैक्रममा केही बलिउडका सेलिब्रेटीहरुले उनलाई सर्पाेट गरिरहेका छन् । तर सिंगो बलिउड भने मौनता साँधिरहेको छ ।

यसैक्रममा निर्देशक सञ्जय गुप्ताले यस बिषयलाई लिएर फिल्म उद्योगलाई निशाना बनाएका थिए । त्यसपछि गायक मीक्का सिंहले पनि सञ्जय गुप्ताको कुरालाई खुलेर समर्थन गरेका छन् । सञ्जय गुप्ताले ट्वीट गर्दै भनेका छन्– शाहरुख खानले फिल्म उद्योगका हजारौ ब्यक्तिलाई रोजगारी दिएको र आज पनि दिईरहेका छन् । उनी फिल्म उद्योगलाई सहयोगका लागि हरदम तयार छन् । तर मुश्किलको यो समयमा फिल्म उद्योगको मौनता लाजमर्दाे रहेको छ ।

संजय गुप्ताको कुरालाई समर्थन गर्दै मिक्का सिंहले पनि जवाफ दिएका छन्– तपाई एकदमै सही भनिरहनु भएको छ । उनीहरु सबै नाटक हेरिरहेका छन् । तर एक शब्द पनि बोल्न सकेका छैनन् । म शाहरुख खानको साथमा रहेको छु । आर्यन खानलाई जमानत दिईनुपर्छ । मलाई लाग्छ यो उद्योगका सबैको बच्चाहरु एक पटक जेल जाउन अनि त्यतिबेला एकता देखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर