अल्लु अर्जुनको नयाँ फिल्म ‘पुष्पा को आइटम डान्समा अभिनेत्री नोरा फतेहीलाई अफर गरियो — OSNepal

अल्लु अर्जुनको नयाँ फिल्म ‘पुष्पा को आइटम डान्समा अभिनेत्री नोरा फतेहीलाई अफर गरियो

LC (KTM) October 26, 2021 0

बलिउडमा अहिले सबैभन्दा चलिरहेकी नायिका मध्ये एक हुन् नोरा फतेही । जब उनले दिल्भर बोलको गीतमा आइटम डान्स गरिन् त्यसपछि उनलाई पछाडी फर्किएर हेर्नु परेको छैन । उनको डान्सले बलिउड पुरै हल्लाएको छ । उनले बलिउडमा आइटम गीतहरुबाट एकदमै धेरै चर्चा कमाइरहेकी छिन्। नोराको गीतहरुले रेकर्ड ब्रेक नै गरेका छन् । त्यतिमात्र हैन उनले अहिले आइटम डान्सका लागि एकदमै मोटो रकम डिमाण्ड समेत गर्न थालेकी छिन् ।

साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको नयाँ फिल्म ‘पुष्पा को एउटा गीतमा आइटम डान्सका लागि उनलाई अफर गरिएको छ । उनले यस चलचित्रको आइटम डान्सका लागि एकदमै ठुलो रकमको माग गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । निर्देशक सुकुमारको निर्देशनमा बनेको यो फिल्म २ करोड भारतीय रुपैया माग गरेको निर्माण पक्षले जनाएको छ । यस गीतको आइटम डान्सका लागि अभिनेत्री दिशा पटानी र पूजा हेडगेसँग निर्माण पक्षले गरेको प्रस्ताव अस्विकार गरेका थिए ।

नोराले यसअघि बलिउडका बाहेक तेलूगु फिल्म ‘टेम्पर’ र ‘बाहुबली’का आइटम गीतमा आफ्नो डान्स कौशलता देखाई सकेकी छिन् । सुरुको बेलाका यी गीतहरुमा उनले त्यतिबेला चार लाख रुपैया लिएकी थिईन् । उनको चर्चा चुलिए संगै पारश्रमिक पनि एकदमै बढी लिन थालेकी छिन् । यस फिल्मको निर्माण पक्षले भने नोराको डिमाण्ड पछि लिने या नलिने भने पक्का गरिसकेको छैन । उनले आइटम डान्स गर्ने भनेपछि उनका फ्यानहरु भने एकदमै उत्साहित देखिएका छन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर