अभिनेत्री माधुरी दीक्षित र रविना टन्डनका फ्यानका लागि आयो खुशीको खबर — OSNepal

अभिनेत्री माधुरी दीक्षित र रविना टन्डनका फ्यानका लागि आयो खुशीको खबर

LC (KTM) October 26, 2021 0

पछिल्लो समय बलिउडमा ओटीटीको दबदबा बढ्दै गइरहेको छ । कोरोना भाइरसपछि सिर्जित अवस्थाले गर्दा भारतमा ओटीटी प्लेटफर्मले दर्शकमा पुग्ने राम्रो मौका पाए । डिजिटल प्लेटफर्ममा भएका कन्टेन्ट लोकप्रिय भए साथै नयाँ कन्टेन्ट क्रिएटरलाई पनि उत्तिकै जिम्मेवारी थपियो ।

भारतमा लगानी र कन्टेन्टमा क्रियाशील ओटीटी प्लेटफर्मले पछिल्लो समय त्यसलाई झनै बढाएका छन् । यसैले गर्दा बलिउडका दुई सुन्दरी डिजिटल प्लेटफर्ममा देखिँदै छन् । माधुरी दीक्षित र रविना टन्डनले डिजिटल डेब्यु गर्दै छन् । यी दुई जनाको सिरिजलाई रिलिज गर्ने तयारीका साथ नेटफ्लिक्सले टिजर सार्वजनिक गरेको छ ।

बलिउडमा धकधक गर्लको ट्याग पाएकी अभिनेत्री माधुरी दीक्षित अब डिजिटल प्लेटफर्मतर्फ छिटै देखिने भएकी छन् । पछिल्लो समय उनले वेब सिरिज गर्ने निर्णय लिएसँगै उनी ओटीटीमा आउने भएकी हुन् । करण जौहरको प्रोडक्सन हाउसबाट बन्न लागेको वेब सिरिज ुफाइन्डिङ अनामिकाुमार्फत उनले डिजिटल डेब्यु गर्ने भएकी हुन् ।

नेटफ्लिक्समा रिलिज हुने यो वेब सिरिज फेमिली ड्रामा हुनेछ । माधुरी पनि आफ्नो डिजिटल डेब्युलाई लिएर उत्साहित छिन् ।

यस्तै , पछिल्लो समय पर्दाबाट टाढा रहेकी रविनाले पनि थ्रिलर सिरिज अरन्यकमा काम गरेकी छन् । उनको डिजिटल डेब्यु पनि छिटै हुने नेटफ्लिक्सले जनाएको छ । उनले पनि डिजिटल डेब्यु भएसँगै सिरिजमा निरन्तरता दिने जनाएकी छन् । ुपाएको भूमिकालाई स्वतन्त्र तरिकाले निर्वाह गर्न पाइन्छ, त्यसैले सिरिजमा काम गर्न रमाइलो भयोु, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर