दाँत बलियो बनाउनुका साथै अन्य रागको पनि अचुक औषधि पनिर ,यस्ता छन् अन्य फाइदा — OSNepal

दाँत बलियो बनाउनुका साथै अन्य रागको पनि अचुक औषधि पनिर ,यस्ता छन् अन्य फाइदा

LC (KTM) October 26, 2021 0

काठमाडौँ- पनिर स्वादका लागि मात्र नभइ स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसहरुले गरेका हुन्छन् । यसमा पनिरमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । यसका साथै यसबाट क्याल्सियम र भिटामिन डी पनि पाइन्छ, जसले ब्रेस्ट क्यान्सरबाट बचाउँछ ।

यसमा भएको भिटामिन ए, क्याल्सियम र जिंकले शरीरको हाड र दाँतलाई बलियो बनाउँछ ।एक सय ग्राम पनिरमा ११ ग्राम प्रोटिन हुन्छ । त्यसैले शाकाहारीका लागि यो निकै उपयोगी खाद्यपदार्थ हो ।

गर्भवती महिलाका लागि पनि यो निकै उपयोगी हुन्छ । किनकि, गर्भवती महिलाका लागि क्याल्सियम बढी जरुरी हुन्छ ।पनिरले तौल घटाउनका लागि पनि मद्दत गर्छ ।

पनिरमा म्याग्नेसियम हुन्छ, जसले रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ ।यसले पाचन प्रक्रियालाई स्वस्थ राख्छ र प्रतिरक्षा प्रणालीलाई पनि बढाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर