अध्यक्ष ओलीको प्रश्न : देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिएहुन्न र ? — OSNepal

अध्यक्ष ओलीको प्रश्न : देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिएहुन्न र ?

LC (KTM) October 26, 2021 0

काठमाडौं ९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी अध्यक्ष केपी शर्मा ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनमा दिए हुने बताएका छन् । आज मंगलबार पार्टीको स्थानयि तहको पालिका अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्दै ओलीले यस्तो बताएका हुन् ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने ओलीको तर्क रहेको छ । ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले मात्रै किन राजीनामा दिने पाँच जनाले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ रु पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ?’ उद्घाटन कार्यक्रममा ओलीले भने ।

जनतालाई मर्का परेको विषय पेन्डिङमै राखेर नक्कली मुद्दा खडा गरेर अदालतलाई राजनीतिको केन्द्र बनाने काम भइरहेको समेत ओलीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर