ओलीको दावी : लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने एक मात्र पार्टी एमाले हो — OSNepal

ओलीको दावी : लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने एक मात्र पार्टी एमाले हो

LC (KTM) October 26, 2021 0

काठमाडौं ९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र विकासको विषयमा सोच्चे नेकपा एमाले मात्र जिकिर गरेका छन् ।

मंगलबार पार्टीको पालिकास्तरीय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा रक्षा गर्ने एक मात्र पार्टी एमाले भएको समेत ओलीले दावी गरेका छन् ।

पार्टी साना स्वार्थको भूमरीमा रुमलिइरहेको बताएका उनले भने ,’हाम्रो पार्टी एक्लैले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, तीनको सही ढंगले कार्यान्वयन गर्ने, तीनलाई सफलतापूर्वक अघि बढाउने जिम्मेवारी लिएको छ ।’

सुशासन र विकासको बाटोबाट समृद्धि हासिल गर्ने उद्देश्य एमालेले मात्र राखेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर