निर्देशक भट्टले गरे दोस्रो विवाह, एक वर्षसम्म लुकाएर राखे दुलही — OSNepal

निर्देशक भट्टले गरे दोस्रो विवाह, एक वर्षसम्म लुकाएर राखे दुलही

LC (KTM) October 26, 2021 0

बलिउडमा कसले कहाँ के गरिरहेको छ थाहा पाउनै मुस्किल हुन थालेको छ । भारतका अनलाईन पोर्टलहरु हिरो हिरोइनको डेटिंग देखी लिएर सेटिंग सम्मका कुरा पत्ता लगाउन माहिर भनिए पनि फिल्मकर्मी विक्रम भट्टले आँखामा छारो हालिदिएका छन् । उनले एक बर्ष अगाडनै गोप्य रुपमा श्वेताम्बरी सोनीसंग विवाह गरेको रहस्य बल्ल खुलेको छ । त्यो पनि मिडियाहरु बाट हैन निर्देशक भट्टले आज आफ्नी श्रीमतीका लागि एउटा विशेष पोस्ट लेखे पछि बिवाह भएको कुरा बल्ल बाहिर आएको हो ।

उनले श्वेताम्बरीलाई जन्मदिनको शुभकामना समेत दिएका छन् । निर्देशक भट्टले श्वेताम्बरीसंग कोरोनको कहर एकदमै चलिरहेको बेला नै सुटुक्क बिबाह गरेको खुलासा भएको हो । तर आफुले बिबाह गरेको कुरा निर्देशक भट्टले एकदमै गुपचुपमै राखेका थिए । आफ्नी श्रीमतीलाई जन्मदिनको शुभकामना दिँदै भट्टले लेखका छन्– ‘तिमीले मलाई पूर्ण रुपले परिवर्तन गरिदिएकी छौ र तिमीले नै मलाई जीवन के हो भन्ने बारेमा बुझाएकी छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर