रोनाल्डोको घरमा पसेर चोरले छानीछानी लग्यो सामान, हस्ताक्षर गरेको जर्सी समेत छाडेन चोरले



एजेन्सी । युभेन्टसका स्टाइकर क्रिस्टियानो रोनाल्डोको घरमा चोरी भएको छ । रोनाल्डोको पोचुगलको मडेइरास्थित उनको घरमा शुक्रबार चोर पसेर रोनाल्डोका बहुमूल्य सामानहरु लगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

चोरले घरमा पसेर केही बस्तु चोरीसमेत गरेको र अन्य आश्चार्य वस्तु चोर्ने प्रयास गरेको भएता पनि छोटो समयमा नै भागेको प्रहरीले जनाएको छ ।

चोरले रोनाल्डोको घरबाट रियल म्याड्रिडका पूर्व स्टारको घरबाट हस्ताक्षर गरिएको युभेन्ट्सको जर्सी र अन्य केहि मुल्यवान बस्तु चोरी भएको बताइएको छ ।

प्रहरीले सिसी टिभिमार्फत चोरको पहिचान गरेको र सीसी टिभी पुटेजमा चोरले रोनाल्डोको टोपी समेत समातेको दृश्य देखिएको जनाएको छ । रोनाल्डो, उनकी प्रमिका र ४ सन्तानले अहिले उक्त घरमा बिदा मनाइरहेका छन् । अन्य समयमा रोनाल्डोको उक्त घरमा आमा र भाई बस्ने गर्दछन् ।

Comment