बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ, यस्तो छ नयाँ प्रावधान — OSNepal

बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ, यस्तो छ नयाँ प्रावधान

LC (KTM) May 24, 2021 0

काठमाडौँ, १० जेठ – यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञाको समयमा थप जोखिम भएको र भिडभाड कम नभएको जस्ता गुनासोपछि राष्ट्र बैंकले इजाजतप्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई सीमित शाखाबाट आलोपालो सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

सूचना अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा वाणिज्य बैंकले काठमाडौंमा तीन, विकास बैंकले दुई र फाइनान्सले एउटा मात्र शाखा खोलेर सेवा दिनुपर्ने जनाइएको छ । ललितपुरमा वाणिज्य बैंकले दुई, भक्तपुरमा एक तथा विकास बैंकहरू र फाइनान्स कम्पनीले ललितपुर र भक्तपुरमा एक÷एक शाखा खोलेर सेवा प्रवाह गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयको जानकारी समेटिएको सूचना बैंकले वेभसाइटमा दैनिक प्रकाशन गर्नुपर्नेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर