विश्वको चर्चित फुटबलर क्रिटियानो रोनाल्डोलाइ कोरोना संक्रमणको पुष्टि, कस्तो छ स्वास्थ अबस्था ?



काठमाडौं । विश्वको चर्चित फुटबलर क्रिटियानो रोनाल्डोलाइ कोरोना संक्रमण पुष्टि भएको छ । पोर्चुुगल फुटबल फेडेरेशनले मंगलबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेको बताइएको छ । कोरोना पुष्टि भएपनि उनमा कुनै समस्या नरहेको बताइएको छ । ५ वर्षका रोनाल्डो इटालियन क्लब युुभेन्टस्बाट व्यवसाहिक फुटबल खेल्छन् ।

गत साताको आइतबार उनले पोर्चुुगलबाट फ्रान्सविरुद्ध नेशन्स लिग म्याच खेलेका थिए । त्यस्तै, गत शुक्रबार स्पेनविरुद्धको मैत्रिपूर्ण खेलमा पनि उनी सहभागी थिए ।

कोरोना देखिएपछि अब भने रोनाल्डोले नेसन्स लिगअन्तर्गत स्विडेनविरुद्ध हुने बुधबारको खेल गुमाउनेछन् । त्यस्तै युुभेन्टस्बाट सिरिएअन्तर्गत क्रोटोन र च्याम्पियन्स लिगअन्तर्गत डायनामो किभविरुद्धको खेल पनि गुमाउने भएका छन् ।

Comment