अमेरिकाले गर्‍यो चिनियाँ टेलिकम कम्पनीको लाइसेन्स रद्द, ६० दिनभित्र सेवा बन्द गर्न चेतावनी — OSNepal

अमेरिकाले गर्‍यो चिनियाँ टेलिकम कम्पनीको लाइसेन्स रद्द, ६० दिनभित्र सेवा बन्द गर्न चेतावनी

LC (KTM) October 27, 2021 0

वासिंगटन, १० कात्तिक- अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ । राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले चाइना टेलिकमको लाइसेन्स रद्द गरिदिएको हो ।

रद्द भएसँगै चाईन टेलिकमले अमेरिकामा ६० दिनभित्र आफ्नो सेवा बन्द गर्नुपर्नेछ । कम्पनीमाथि चीन सरकारको नियन्त्रणले अमेरिकी सञ्चारमा पहुँच बढेको र बिथोलेको अमेरिकी अधिकारीहरुले आरोप लगाएका छन् ।

कम्पनीमार्फत चीनले अमेरिकाबिरुद्ध गुप्तचरी र अन्य हानीकारक गतिविधि गरेको पनि उनीहरुले आरोप लगाएका छन् ।चाइना टेलिकमले अमेरिकामा झन्डै २० वर्षदेखि सेबा दिँदै आएको छ । अमेरिकी निर्णयलाई कम्पनीले दुर्भाग्य भनेको छ ।

अमेरिकाले लाईसेन्स रद्द गरे पनि आफ्ना सेवा दिने चाइना टेलिकमले जनाएको छ । ‘हाम्रो सेवालाई निरन्तर दिन प्राप्त सबै विकल्प प्रयो गर्नेछौ,’ चाइना टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चाइना टेलिकम चीनको टेलिकम बजारमा बर्चश्व कायम गर्ने तीन ओटा कम्पनीहरुमध्ये एउटा महत्वपूर्ण कम्पनी हो ।

यस कम्पनीका ११० देशमा लाखौं ग्राहक छन् । कम्पनीले ब्रोडब्यान्ड इन्टरनेट, मोवाईलदेखि लेनलाइन टेलिफोन सेवा उपलब्ध गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर