लोकतन्त्रको रक्षार्थ राजनीति र अदालतको अबाञ्छित साठगाँठ अन्त्य हुनैपर्छ : भीम रावल — OSNepal

लोकतन्त्रको रक्षार्थ राजनीति र अदालतको अबाञ्छित साठगाँठ अन्त्य हुनैपर्छ : भीम रावल

LC (KTM) October 27, 2021 0

काठमाडौं १० कात्तिक । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले लोकतन्त्रको रक्षार्थ राजनीति र अदालतको अबाञ्छित साठगाँठ अन्त्य हुनैपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेरको विषयमा प्रश्न उठिरहँदा नेता रावले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

न्याय, मर्यादा र संविधानको रक्षा गर्नुपर्ने सर्वोच्च अदालतका प्र।न्या।को क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेपछि उहाँले नैतिकताको बोध गर्नु र संसदले अधिकारयुक्त समिति गठन गरी यथार्थको छानबिन गर्नुपर्छ। उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले लेखेका छन् , ‘न्याय, मर्यादा र संविधानको रक्षा गर्नुपर्ने सर्वोच्च अदालतका प्र।न्या।को क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेपछि उहाँले नैतिकताको बोध गर्नु र संसदले अधिकारयुक्त समिति गठन गरी यथार्थको छानबिन गर्नुपर्छ।लोकतन्त्रको रक्षार्थ राजनीति र अदालतको अबाञ्छित साठगाँठ अन्त्य हुनैपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर