न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा खोज्नु दुर्भाग्यपूर्ण हो : नेता यादव — OSNepal

न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा खोज्नु दुर्भाग्यपूर्ण हो : नेता यादव

LC (KTM) October 27, 2021 0

सिरहा – जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।सिरहाका पत्रकारसँग दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता यादवले न्यायालयका नेतृत्वले व्यवसायीक मर्यादाकाे पराकाष्टा नाघेको बताए ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा पक्ररणप्रति इंगित गर्दै उनले यसखालको हर्कतले लोकतन्त्र खतरामा पर्ने संकेत दिइरहेकाे बताए ।न्यायपालिकाले व्यस्थापिका र कार्यपालिकाभन्दा पर रहेर काम गर्नुपर्नेमा भागवण्डाको खेलमा लाग्दा व्यवस्थामाथिकै खतरा भएको उनले बताए ।

नेता यादवले राजनीतिक दलमा राजनीतिक आचरण कमजोर हुँदै गएको बताए । पार्टीभित्र पनि लोकतन्त्रको सही अभ्यास हुन नसकेको भन्दै यस्तै अवस्था रहे व्यवस्था नै धरापमा पर्न सक्ने उनले बताए । ‘हामीले हाम्रो नीति, सिद्धान्त र विचारलाई व्यहारमा उतार्न सकेनौं भने यो व्यवस्था नै धरापमा पर्न सक्छ, गणतान्त्रिक लोकतन्त्रलाई सही मानेमा प्रयोग गर्न सबैको भूमिका आवश्यक छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर