नबिल बैंकका सिइओ अनिल केसरी शाहलाई पनि कोरोना संक्रमण



काठमाडौं- नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अनिल केसरी शाहलाई पनि कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर आफुलाई कोरोना लागेको जानकारी दिएका हुन् । उनले शनिबार कोरोना परिक्षण गराउदा रिर्पोट पाजेटिभ आएको बताए ।

उनले लेखेका छन केही दिनअघि आफूले गन्धरबासना थाहा पाउन छोडेको र त्यसपछि १४ अक्टोबरमा पिसिआएर गरेको थिएँ, रिजल्ट नेगेटिभ आयो। तर गन्ध थाहा नपाउने लक्षण कायम रहेकाले डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बसेको थिएँ। हिजो फेरि परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको छ,’ । उनले आफूलाई त्योबाहेक अरू कुनै लक्षण नदेखिएको र घरमै क्वारेन्टिनमा बसेको बताएका छन् ।

Comment