प्रधानमन्त्री ओलीबाट नेपाली सेनाको पृतनापति सम्मेलनको भर्चुअल मध्यबाट सम्बोधन



काठमाडौं २ कात्तिक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत केपी ओली शर्माले बालुवाटारबाट पृतनापति सम्मेलनलाई सम्बोधन गरेका छन् ।

नेपाली सेनाको रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रम ओलीले  तिन दिने पृतनापति सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन् । प्रत्येक ६ ६ महिना हुने गरेको नेपाली सेनाको पृतनापति सम्मेलनमा यस पटक शान्ति सुरक्षाका साथै कोभिड १९ सम्बन्धि विषयमा छलफल हुने भएको छ ।

सम्मेलनमा नेपाली सेनाको उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, मध्यपृतनापतिमा ताराध्वज पाण्डे,उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे ,पश्चिम पृतनापतिमा गोकुल भण्डारी, सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वीपृतनापतिमा सुरेश कार्की, , मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा र उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे रहेका छन् ।

Comment