आफ्नो खातामा आएको दशैं भत्ता रकम फिर्ता गर्ने नेता रावलको घोषणा



काठमाडौं २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थयायी कमिटीका सदस्य नेता भीम रावलले यसपालिको दशैंको भत्ता नलिने भएका छन् । नेता रावलले आज आइतबार सामाजिक सञ्जाल मार्फत कोरोनाको यो संकटमा आफुले यस वर्षको दशैंको भत्ता नलिने जानकारी गराएका हुन् ।

कोरोनाको यो संकटमा हाल स्वास्थ्य चुनौती र आर्थिक कठिनाईलाई मनन गरी कुनै पनि जनप्रतिनिधिहरुले दशैं भत्ता नलिने व्यवस्था गरियोस् भन्ने धारणा राखेका छन् , नेता रवालले । उनले आफ्नो खाताका आएको भत्ता रकम कट्टा गरियोस्  भन्दै आफुले त्यसका लागि मञ्जुरी दिएको जानकारी दिएका छन् । सबै सांसदहरुले भत्ता लिनुहुन्न भन्नेमा आफ्नो सर्मथन रहेको पनि बताएका छन् ।

नेकपा सरकराले कानुनविपरित सांसदहरुको खातामा भत्ता रकम हालिदिएपछि जनस्तरबाट यसको विरोध भएपछि आज बिहान नेता भिम रावलले आफ्नो भत्ता रकम कट्टी गर्न मञ्जुरी भएको जानकारी दिएका हुन् ।

नेता रावलको लेखेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाईलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता लिनहुन्न भन्नेमा केरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ’ । 

Comment