नायक शिव श्रेष्ठका छोरा शक्ति र करिश्माकी छोरी कविता अभिनित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को टिजर सार्वजनिक



काठमाडौं-चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को दोश्रो टिजर सार्वजनिक गरिएको छ ।यो चलचित्रमा नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको मुख्य भूमिका छ ।

दोश्रो टिजरमा यी दुई कलाकारलाई देखाइएको छ । चलचित्रमा शक्ति र कविताका अलवा शिव श्रेष्ठ, आयुष्मान देशराज जोशी, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्देशक दिपेश सापकोटाले निर्देशन गरेका हुन् ।

चलचित्रमा खुम तामाङ, सुनिल कटुवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा यशोधा राई र दिनेश दर्शनाधारीको लगानी रहेको छ ।

Comment