विपिन कार्की र नम्रता श्रेष्ठका फ्यानका लागि आयो खुशीको खबर



काठमाडौं । फिल्म ‘प्रसाद २’ मा पनि विपिन कार्की र नम्रता श्रेष्ठको जोडीको अभिनय रहने भएको छ । यसका लागी बिपिन र नम्रतासँग निर्माण युनिटले सम्झौता समेत गरिसकेको बताइएको छ ।

प्रसादमा विविन र नम्रताको जोडीलाई दर्शकले अत्यन्तै रुचाए पछि ‘प्रसाद(२’ मा यो जोडीलाई नै दोहोराइएको हो । तिहारपछि छायाँकन सुरु बताइएको फिल्म सौरभ चौधरीले निर्देशन गर्न लागेका हुन् ।

निर्देशक चौधरीले यसअघि फिल्म ‘लभ डायरिज’ निर्देशन गरेका थिए ।‘प्रसाद’ भने दिनेश राउतले निर्देशन गरेका थिए । ‘प्रसाद’ सुरु हुनुभन्दा अगाडि र अन्त्य भएपछिको कथामा फिल्म निर्माण हुन लागेको हो । फिल्ममा सुवास थापाको निर्माण रहने छ भने लेखन सुशील पौडेलले गरेका छन् ।

Comment