विमानमा मात्र होइन अब सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड अनिवार्य लगाउनु पर्ने



काठमाडौं । अब बस चढ्दा पनि फेस सिल्ड अनिवार्य लगाउनु पर्ने भएको छ । बसमा यात्रुहरु सबै सिटमा बस्न पाउने बनाएपछि यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्ड अनिवार्य लगाउनु पर्ने बताएको हो ।सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो ।

सार्वजनिक सवारीबाट कोरोना महामारी फैलिने जोखिम कम गर्नका लागी मास्क अनिवार्य रुपमा आफैंले लगाउँदै आए जस्तै फेस सिल्ड पनि अनिवार्य लगाउनु पर्ने बनाएको हो । विभागले फेससिल्ड प्रयोग गर्नेपर्ने लगायतका नियमहरु परिमार्जन गरेर निर्देशिका जारी गर्ने तयारी गरेको छ ।अहिले विमानमा पनि फेस सिल्ड अनिवार्य गरिएको छ ।

Comment