नेकपा नेता जनार्दन शर्माले दशैंमा आएको भत्ता उपचारत नरेन्द्र बोहरालाई हस्तान्तरण गर्ने निणर्य



काठमाडौं २ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रतिनिधि सभाका सांसद नेता जनार्दन शर्माले आफ्नो खातामा आएको दशैं भत्ता रकम कालिकोटका पुर्व जनमुक्तिm सेनाका योद्धा नरेन्द्र बोहराको उपचारको खर्चमा लगाउने जानकारी दिएका छन् । उनले आज आइतबार सामाजिक सञ्जाल ट्वीटर मार्फत रकम हस्तान्तरण गर्ने बताएका हुन् ।

कोरोनाको यो विषम घडीमा दशैं भत्ता स्वरुप आएको रकम भेन्टिलेटरमा राखी उपचार गराइरहेको बोहरालाई हस्तान्तरण गर्ने नेता शर्माले जानकारी दिउका छन् । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं भन्दै नेता शर्माले यस्तो निणर्य गरेका हुन् ।

यसभन्दा अघि नेता भीम रमवलले पनि आफ्नो खाताबाट रकम कट्टी गर्न मञ्जुरी भएको जानकारी दिएका छन् ।

नेता शर्माको ट्वीट  : कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं। दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पुर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।

Comment