दशैको मुखैमा पोडी खेल्न गएका ७ वर्षीय अनुप लाई खोलाले बगाएर गयो ज्यान, परिवारमा रुवाबासी



बाग्लुङ- वडिगाड गाउँपालिका(७ स्थित भिमगिठ्ठे खोलाले बगाउँदा सोही स्थान बस्ने अनुज केसीको ७ वर्षीय छोरा अनुप केसीको शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्न गएका उनलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमगिठ्ठेबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा २ किलोमिटर टाढा बगिरहेको अवस्थामा उद्दार गरी वडिगाड पोलिक्लिनिक पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै सिन्धुली गोलञ्जोर गाउँपालिका(३ मुर्गिबेशी बस्ने लोक बहादुर विकको छोरा १६ वर्षीय पवन बिकको सुनकोशी नदीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । घरबाट हिँडेकोमा अबेरसम्म नफर्किएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ग्वालटारबाट खटिएको प्रहरीले उक्त खोलाबाट उद्दार गरी उपचारको लागि सुनकोशी सामुदायिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यता झापामा शिवसताक्षी नगरपालिका(७ धौले चौकस्थित माछा पोखरीमा डुबेर सोही स्थान बस्ने गणेश लिम्बुको २ वर्षीय छोरा मुकुन्द लिम्बुको पनि शनिबार साँझ मृत्यु भएको छ । डुबेर असक्त भएका उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comment