सरकार र प्रतिपक्षी उस्तै -उस्तै ,जाउँ सुस्तै अब जनताको जिम्मा पशुपतिनाथलाई  : नेता धनराज



काठमाडौं २ कात्तिक । प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका केदिन्द्रय सदस्य रहेका नेता धनराज गुरुङले उपत्यकामा फैलिरहेको कोरोना महामारीलेको जिम्मा पशुपतिनाथलाई भन्दै उस्तै उस्तै जाउँ सुस्तै भनेका छन् ।

नेता गुरुङले आज ट्वीटर मार्फत उपत्यका बाहिर कोरोना महामारी फैलिरहँदा सत्ताश्रढ दल नेकपा हाल कर्णाली तिर व्यस्त भएको दावी गरेका छन । आफ्नो पार्टीको आन्तरिक किचलोका कारण नेकपा सरकारलाई यति बेला जनताको दुख बुझ्ने समय समेत छैन ।

यो समयमा प्रतिपक्षी दल नेपाली कांग्रेस भने म्याद गुज्रिएको औषधी व्यापारमा व्यस्त भएको नेता गुरुङको टिप्पणी गरेका छन् । नेता गुरुङले कोरोनाको यो विषम संकटमा सरकार र प्रतीपक्षी दल उस्तै भएको दावी गरेका छन् ।

नेता धनराजको ट्वीट उपत्यका बाहिर कोरोना महामारी फैलिरहँदा उपत्यकामा र हाल उपत्यकामा महामारी फैलिरहँदा कर्णालीतिर ब्यस्त छन्, सत्तारूढ दलका नेताहरु आन्तरिक राजनैतिक किचलोका कारण। हामी प्रतिपक्ष पनि म्याद गुज्रिएको औषधीको ब्यापारमा ब्यस्त छौं। उस्तै-उस्तै, जाउँ सुस्तै। जनताको जिम्मा पशुपतिनाथलाई।

Comment