अभिनेत्री आलिया भट्ट र कटरिना बिच बोलचाल बन्द भएकै हो त ?



एजेन्सी – बलिउडका चर्चित नायक रणवीर कपूर र नायिका आलिया भट्टबीचको अफेयरको चर्चाले अर्की नायिका कटरिना कैफ तनावमा परेको भारतिय मिडयाले जनाएको छ ।

फिल्म ‘ब्रह्मास्त्र’मा काम गरिरहेका रणवीर र आलिया प्रायः सँगै देखिने गरेका छन् । केहि समय पहिला यो जोडिले प्रेम बारे खुलेर कुरा समेत गरेको संचार माध्यमले जनाएको छ । पार्टीदेखि डिनरसम्म रणवीर र आलियासँगै देखिन थालेपछि कटरिना तनावमा परेको बताइएको छ ।

केहि समय पहिला यही विषयलाई लिएर आलिया र कटरिनाबीच झगडा समेत भएको भारतीय मिडियाले जनाएको छ ।

Comment