दशैं भत्ता रकम कोभिड- १९को स्वास्थ्य कोषमा दाखिला गर्ने  साझा पार्टीकी सांसद शाक्यको घोषणा



काठमाडौं २ कात्तिक । साझा पार्टीको तर्फबाट बाग्मती प्रदेशको सभा सदस्यमा निर्वाचित सदस्य शोभा शाक्यले पनि आफ्नो खातामा आएको दशैं भत्ता रकम कोभिड- १९ कोरोना भाइरसको स्वास्थ्य कोषमा दाखिला गर्ने भएकाी छिन् ।

कोभिड(१९ को महामारीका कारण देश र जनतालाई परेको यो संकटमा आफुलाई आएको भत्ता रकम जनप्रतिनिधिहरूले लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने शाक्यले बताउँदै आफुले दशैं भत्ता नलिने जानकारी विज्ञप्ती मार्फत गराएकी छिन् ।

विज्ञप्तीमा लेखिएको छ,  “मासिक तलब स्वतः खातामा आउने गर्दछ। बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैं भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ। मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु”, साथै शाक्यले “दशैं खर्च बापतको सो रकम कोभिड-१९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गर्दछु, भन्दै सबै सांसदहरूलाई दशैं भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड-१९ नियन्त्रण र उपचारमा लगाउन पनि सांसद शाक्यले आग्रह गरेकी छन्।

Comment