काठमाडौँ उपत्यकामा थपिए १६ सय ९८ जना कोरोनाका बिरामी



काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जस अनुसार का काठमाडौँमा १ हजार ४६९ , भक्तपुरमा ९९ र ललितपुरमा १३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

त्यस्तै आज देशभर बितेको २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर १४ हजार ८७५ जनाको भएको छ भने काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना गरी उपत्यकामा कुल १ हजार ६९८ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना डिस्चार्ज भएका छन् ।

Comment