अभिनेत्री कंगनालाई आई पर्यो अर्को फर्साद



मुम्बई । बलिउड अभिनेत्री कंगना रनौटले गरेको एक ट्वीटका कारण उनीविरुद्ध उजुरी दर्ता हुने भएको छ । कर्नाटकको तुमाकुरुस्थित न्यायिक मजिस्ट्रेट अदालतले कंगनाविरुद्ध उजुरी ९एफआरआई० दर्ता गर्न आदेश दिएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार यो आदेश अभिनेत्री कंगनाले गरेको एक ट्वीटका कारण दिइएको हो । त्यसमा उनले कृषि विधेयकको विरोधमा उत्रिएका किसानविरुद्ध आपत्तिजनक कुरा लेखेकी छन् ।

अधिवक्ता रमेश नाइकको निवेदनअनुसार अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी दर्ताका लागि अदालतले आदेश दिएको हो ।

अधिवक्ता नाइकले अभिनेत्री कंगनाविरुद्ध अनुसन्धान माग गर्दै फौजदारी प्रक्रिया संहिता ९सिआरपिसी० को धारा १५६ ९३० बमोजिम निवेदन दिएका थिए । सौर्य दैनिकमा खबर छ । गत २१ सेप्टेम्बरमा कंगनाले किसानले गरेको प्रदर्शनविरुद्ध एक ट्वीट गरेकी थिइन् । तर त्यो ट्वीट विवादित भएपछि उनले डिलिटसमेत गरेकी थिइन् ।

Comment