अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन,अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो :प्रधानमन्त्री देउवा — OSNepal

अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन,अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो :प्रधानमन्त्री देउवा

LC (KTM) October 27, 2021 0

काठमाडौं १० कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको समस्या अदालतले नै समाधान गर्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल तरुण दलले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले वर्तमान समयमा देखा परेको अदालतको समस्या अदालतले नै समाधान गर्नुपर्ने बताएका हुन् ।

परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने कुरा गैर जिम्मेवार भएको बताएका उनले कार्यक्रममा भने, ‘हाम्रो गठबन्धन पाँच पार्टीको जो छ, जे उठेका सवालहरू छन, न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन ।’

देउवाले गजेन्द्र हमालको विषयलार्य लिएर चौतर्फी विरोध जनाउनु गलत भएको संकेत गर्दै भने, ‘मैले तपाईहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिसकेको थियो, तर कुरा उठाएका उठाएकै छन् । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर