प्रधानन्यायाधीश जबरालाई महाअभियोग ! — OSNepal

प्रधानन्यायाधीश जबरालाई महाअभियोग !

LC (KTM) October 27, 2021 0

काठमाडौं १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन बृहत् नागरिक आन्दोलनले आग्रह गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश जवरालाई महाअभियोग लगाउन आग्रह गरिएको हो ।

जारी गरिएको विज्ञप्तीमा भनिएको छ , ‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं’ ।

न्यायापालिमा आँच आएको भन्दै जवरालाई महाअभियोग लगाउन आग्रह गरिएको हो ।
संसदीय सुनुवाई समितिबाट अनुमोदनको मापदण्ड तय गर्ने तथा भागबण्डामा न्यायाधीश नियुक्तिको प्रथा बन्द गर्ने विषयमा प्रमुख दलहरुले आफ्नो दृष्टिकोण प्रष्ट अपरिहार्य भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संवैधानिक अंगहरुमा भागबण्डा गरेको घटनाले न्यापालिकाको मर्यादा गिरेको भन्दै नागरिक आन्दोलनले न्यायाधीशको रुपमा सेवा प्रवेश गर्दा नै मिलेमतोको आरोप लागेका जबराको न्यायायिक जीवन विवादास्पद रहँदै आउनु र त्यसको कतै जवाफदेहिता नखोजिनु अहिलेको अव्यवस्थाको आधार भएको बताएको छ ।

न्यायापालिकामा अहिले देखा परेको संकट समाधान गर्नतर्फ जिम्मेवार हुनुको साटो सत्ता र प्रतिपक्षका दलहरुबीच प्रतिसोध साँध्ने प्रतिस्पर्धा देखिनु गैरराजनीतिक व्यवहार भएको विज्ञप्तीमा टिप्प्णी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर