माछा भगवान विष्णुको पहिलो अवतार !



काठमाडौं ५ कात्तिक कुनै पनि देवी देवताले धर्म रक्षार्थ वा मानवको रक्षा गर्नको लागि पुथ्वीमा विभिन्न रुप लिएर आउने गर्छन् जसलई भगवानको अवतार भनिन्छ । त्यस्तै , संसारको पालनकर्ताको रुपमा भगवान विष्णुलाई लिइन्छ । भगवान विष्णुले ब्रह्माण्डको नियम पालना गर्न दश अवतार लिएको बताइन्छ ।

संहारकर्ताको रुपमा ब्रह्माण्डलाई लिइन्छ । हिन्दु धर्म अनुसार भगवान विष्णुको पहिलो अवतार मत्स्य (माछा) अवतार हो । माँछाको रुप लिएर भगवान विष्णुले पहिलो अवतार लिएका थिए । त्यहीँ भएर माछालाई भगवान विष्णुको प्रतिक मानिन्छ । प्रलयकालमा सम्पुर्ण विश्व नष्ट हुनाले अन्न बिजको , राजा र सप्तर्षिको उद्धार गर्न भगवान विष्णुले माछाको अवतार लिनु परेको बताइन्छ ।

प्राचिन समयमा हिन्दू धर्म अनुसार यो भनिएको छ कि ‘प्राचिन कालमा एक उद्धारवान र भगवानको एकदम भक्त गर्ने सत्यव्रत नाम गरेका राजा थिए । उनी सधैं नदीमा तर्पण गर्न जान्थे एक दिन उनी तर्पण गर्न जाँदा नदीबाट उनको हातमा एउटा सानो माछा आयो । त्यसपछि त्यो माछाले राजालाई भन्यो, ‘म यो नदीमा सानो जिव हुँ यहाँ भएका ठुला अरु जिवले मलाई खान्छ मेरो जिवन रक्षा गरिदिनुहोस्’ , हे महाराज भनेपछि दयालु राजाले त्यो माछालाई आफ्नो कमाण्डलुमा राखेर घरमा लिए जान्छन् । केही दिन पछि माछा बडेर कमाण्डलुमा नअटाएपछि राजा सत्यव्रतले मट्कामा राखे त्यसमा पनि केही दिन पछि नअटेपछि पोखरीमा राखे, तर पोखरीमा पनि नअटेपटि राजाले उक्त माछालाई नदीमै छोड्ने निर्णय गरे । महाराजको यो निणर्यबाट दुखी भएको माछाले मलाई समुन्द्रमा नछोड्नुहोस् मलाई समुन्द्रमा भएका ठुला जिवले खान्छ भनेपछि राजा सत्यव्रतले हार खाई भगवानको लिला भन्ने थाहा पाएर भगवान मत्स्यको प्रार्थना गर्न लागे ‘।

उनको पार्थनाबाट खुसी भएका मत्स्य भगवानले सत्यव्रत राजालाई भने , अबको सात दिनमा तिनै लोक जलमा डुब्ने छ , त्यतिनै बेला म मेरो प्रेरणाले तपाईको सामु एउटा ठुलो डुङगा पठाइदिन्छु त्यसै डुङगामा तपाईले सबै जिवहरु र अन्नहरुको बिज लिएर सप्तर्षिहरुका साथमा बसेर घुम्नु , आँधी र हुरी आउँदा डुङगा हल्लिन सक्छ त्यति बेला म उही माछाको स्वरुप लिएर तपाईहरुलाई बचाउँछु भनी अन्तध्यान भए । भगवान मत्स्यले भनकै जस्तो सातौे दिनमा पृथ्वी जलले भरियो उक्त राजाले मत्स्यले भनेको कुरा सम्झी त्यही गरे र मत्स्यले आई बचाए । त्यसपछि भगवान मत्स्यले राजा सत्यव्रतलाई ज्ञान र भत्तिका उपदेशहरु दिए ।

भगवान मत्स्यले हयग्रिव नाम गरेको राक्षसले समुन्द्रमा लुकाई राखेको वेदहरुको पनि उदार गरेका थिए । उनले राक्षस हयग्रिवलाई मारेर उक्त वेदहरुको र रक्षा गरेका थिए ।

Comment