नेकपा एसले टुंगायो ३३५ जना नेताको कार्यविभाजन, कुन नेतालाई पर्यो कस्तो जिम्मेवारी ? — OSNepal

नेकपा एसले टुंगायो ३३५ जना नेताको कार्यविभाजन, कुन नेतालाई पर्यो कस्तो जिम्मेवारी ?

LC (KTM) October 27, 2021 0

काठमाडौं १० कात्तिक । नेकपा एकिकृत समाजवादी पार्टींले ३३५ जना नेताको कार्यविभाजनको टुंगो लगाएको छ ।

अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रिय कमिटि र स्थायी कमिटिको बैठले नेताहरुको कार्य विभाजन गरी कार्यविभाजनसहितको अन्तरपार्टी निर्देशन देशभरका सम्पूर्ण पार्टी कमिटी एवं संगठनहरुलाई जानकारी गराएको छ ।

एकीकृत समाजवादीले गत असोज ५–७ मा बसेको पार्टीको केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ गते बसेको स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्य विभाजनको टुंगो लगाएको हो ।

उक्त कार्ययोजनामा आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने निर्देशन छ ।

अन्तरपार्टी निर्देशनमा सो पार्टीले तात्कालिक कार्ययोजना– २०७८ र बैठकले पारित गरेका २४ बुँदे तात्कालिक कार्ययोजना समेत देशभरका पार्टी कमिटी तथा संगठनहरुलाई पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर