प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विवेकशील साझा पार्टीको माइतिघरमा प्रदर्शन — OSNepal

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विवेकशील साझा पार्टीको माइतिघरमा प्रदर्शन

LC (KTM) October 27, 2021 0

काठमाडौं १० कात्तिक । विवेकशील साझा पार्टीले बुधबार माइतिघरमा प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनाको माग गदै विवेकशील साझा पार्टीले न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि भन्दै माइतिघरमा प्रदर्शन गरेकोम हो ।

प्रदर्शनमा आएका प्रदर्शकारीले नेताहरु न्यायालयमा हस्तक्षेप नगर , प्रधानन्यायाधीश राजीनामा देऊ, न्यायपालिकाको स्वतन्त्रता हस्तक्षेप नगर लगायतका प्लेकार्ड बोकी विरोध जनाएका थिए ।

न्यायालयको सम्मान गर्न नसकेको भन्दै जवाराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा न्यायाधीशहरु निरत्नर छलफलमा जुटेका छन् । बृहत नागरिक आन्दोलनले बुधबार एक विज्ञप्ती जारी जवरालाई महाअभियोग लगाउन समेत आग्रह गरेको थियो ।

नेपाल बार एसोशियसनले समेत जवराको राजीनामा माग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर