के गर्भवती छिन् नायिका प्रिती जिन्टा ? — OSNepal

के गर्भवती छिन् नायिका प्रिती जिन्टा ?

LC (KTM) October 27, 2021 0

एजेन्सी । कुनै बेलाकी बहुचर्चित र खुबै रुचाइएकी नायिका मध्येकी एक हुन् सुन्दरी नायिका प्रिती जिन्टा ।सुटुक्क बिहे गरेर त्यसपछि आफ्नो हाउभाउ रशैली नै फेरेकी यि सुन्दरी अभिनेत्री मिडिया र आफ्ना फ्यानबाट निरन्तर भागीरहेकी छिन् । फाट्टपुट्ट देखिने सार्वजनिक कार्यक्रममा पनि उनको पुरानो शैली फेरीएको छ ।

यि उनका परिवर्तित आचरण र ब्यबहारलाई देख्दा लाग्छ कतै उनी दुई जिउकी त छैनन् ? भारतीय मिडियाका अनुसार उनले आफ्नो गर्भवती शरीरलाई अझै लुकाउने प्रयास गरिरहेकी छिन् र उनी खुकुला पहिरनमा देखिन थालेकी छिन् ।

यसअगाडी टिपटप शैलीमा देखिने उनी पछिल्ला कार्यक्रममा पूर्ण रुपमा फेरीएको हाउभाउ देखाइरहेको भारतीय मिडियाको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर