गैरकानूनी रूपमा ओसार-पसार गर्न लागेको बहुमूल्य खयरका काठ बरामद



स्याङ्जा, ६ कात्तिक -गल्याङ नगरपालिका-३ भन्ज्याङस्थित सिद्धार्थ राजमार्गबाट गैरकानूनी रूपमा ओसार-पसार गर्न लागेको बहुमूल्य खयरका २ सय ४५ थान गोलाई काठ बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरीले सोही ठाउँस्थित निबुवाखर्कबाट गुठीतर्फ जाँदै गरेको लु.४ त १५२० नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा उक्त काठ फेला पारेको हो ।

बरामद काठ र ट्याक्टर सहित चालक सोही नगरपालिका-२ बस्ने २५ वर्षीय दिलिप रानालाई आवश्यक कारवाहीको लागि सव-डिभिजन वन कार्यालय गल्याङ स्याङजामा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Comment