गोरखा दरबारस्थित दसैं घरबाट हनुमानढोका दरबारमा फूलपाती पठाइयो



गोरखा । आज बिजयादशमीको सातौँ दिन अर्थात फूलपाती । गोरखा दरबारस्थित दसैं घरबाट हनुमानढोका दरबारमा फूलपाती पठाइएको छ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलगायत फूलपाती पठाउन आज बिहानै गोरखा दरबार पुगेको र दरबारका कर्मचारी मार्फत फूलपाती काठमाडौँ पठाइएको हो ।

यो वर्ष गोरखा दरबारका कर्मचारी चुडानिधि तिवारीले फूलपाती लिएर काठमाडौँका लागि हिँडेको बताइएको छ । चार सय वर्षदेखि गोरखा दरबारबाट काठमाडौं फूलपाती पठाउने परम्परा राजा पृथ्वीनारायण शाहले चलाएका हुन् ।

Comment