बाहुबली अभिनेता प्रभासको आज जन्मदिन



एजेन्सी । दक्षिण भारतीय सुपरस्टार प्रभासले आज ४१ औँ जन्मदिन मनाउँदैछन् । चेन्नेई तमिल नाडुमा जन्मे हुर्केका प्रभाषलाई आज बिहानैदेखि जन्मदिनको अवसरमा शुभकामना थाप्न भ्याई नभ्याई छ । बाहुबली सिरिज अघि खासै चर्चा नकमाएका यि प्रभाषले बाहुपबिमा काम गरेसँगै उनको चर्चा विश्वभर चुलिएको छ । उनी अभिनीत चलचित्र ‘बाहुबली’ सय करोड क्लबमा सामेल भएपछि उनको चर्चा बलिउडमा मात्रै नभई विश्वभरि नै चुलिएको छ ।

दक्षिण भारतीय चलचित्र उद्योगमा चर्चामा रहेका प्रभासलाई सन् २०१५ बाट मात्रै सुपरस्टारका रूपमा लिन थालिएको हो । चलचित्र ‘बाहुबली स् द बिगनिङ्ग’ सार्वजनिक भएपछि उनी एकाएक चर्चाको चुलीमा पुगेका हुन् ।

त्यस्तै ‘बाहुबली’ कै सिक्वेलका रूपमा आएको ‘बाहुबली २’ ले राम्रो व्यापार गरेपछि प्रभास भारतीय चलचित्र उद्योगमा स्टारका रूपमा परिचित भए । बाहुबलीबाहेक अन्य केही चलचित्रमा सँगै काम गरेकी अनुष्कासँग प्रेम रोमान्सको चर्चा पनि लामो समय चल्यो । तर अहिलेसम्म अविबाहित प्रभाष युवतीका ढुकढुकी नै मानिन्छन् ।

Comment