यो हो विश्वकै पुरानो ल्वाङको रुख



एजेन्सी । खोज्दे जाने हो भने दुनियामा भएका रोचक र विचित्रका खबरहरुको कमी कहिल्यै हुनेछैन । दुनियाका सानादेखि ठूला खबरहरु आइरहेका बेला आज हामी तपाई लाई विश्वकै पुरानो ल्वाङको रुखको बारेमा जानकारी दिँदैछौँ ।

करीब ३ हजार वर्ष पहिले ल्वाङका रुख पूर्वी एसियाका केही टापुहरुमा मात्र पाइने गरेको बिबिसीले जनाएको छ । बिबिसिका अनुसार विश्वमा सबैभन्दा पुरानो ल्वाङको रुख इण्डोनेसियाको टर्नेट द्वीपमा रहेको छ । उक्त टापुको अधिकांस हिस्सा ज्वालामुखीको रुपमा रहेपनि मानिसहरु अहिले पनि उक्त स्थानमा जानेगरेको समचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

बिबिसीको रिर्पोट अनुसार करिब साडे ३ हजार वर्ष पहिले केवल टर्नेट, टिडोर तथा आसपासका केही टापुमा मात्र ल्वाङका रुखबाट मानिसहरुले ल्वाङ नै बेचेर प्रशस्त आम्दानी गरेका थिए । तर अहिले ति टापुहरुमा अंग्रेज र डच कारोबारीहरुले कब्जा गरेर आफ्नो साम्राज्य जमाइरहेका छन् । टर्नेट र टिडोर टापुका राजाहरु ल्वाङको व्यापार गरिरहँदा आँफुहरुमा पैसाका कारण उत्पन्न भएको घमण्डले आपसमा नै खिचातानी गरेपछि सो स्थान छाड्न बाध्य भएको बताइन्छ ।

Comment