प्रम ओली अन्तराष्ट्रिय सम्बन्धलाई सहि दिशानिर्देश तथा राष्ट्रिय हितमा प्रयोग गर्न पुर्ण असक्षम भएको नेता थापाको आरोप



काठमाडौं ७ कात्तिक । पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री र भारतिय गुप्तचर प्रमुख बिच भएलाई शिष्टाचार भेट भन्नुनै अकुटनितिक र हास्यासपद भएको बताएका छन् । साथै लडाईको समयमा बाहेक विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको वा राजनितिक नेतृत्वको भेटलाई जायज वा सामान्य मान्न सकिन्न ।

नेता थापाले आज आज ट्वीटर मार्फत परराष्ट्र मन्त्रालयल र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कुटनितिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय भएको बताएका हुन् । नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई सहि दिशानिर्देश तथा राष्ट्रिय हितमा प्रयोग गर्न पूर्ण रुपमा असक्षम भएको आरोप लगाएका छन् ,साथै यस विषयमा अनुसन्धान हुनुपर्ने नेता थापाको माग रहेको छ ।

यस प्रकरणबाट देश भित्रको समस्याबाट हात उठाएको ओली सरकार कुटनितिमा पनि पुर्णत असक्ष्म रहेको पुष्टि भएको बताएका छन् , नेता थापाले । यस प्रकरणबाट प्रधानमन्त्री बाट नै नेपालको राष्ट्रिय सुरक्षा थ्रेट देखाएको छ ।

नेता थापाको ट्वीट : प्रधानमन्त्रीको भारतिय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको छ।सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसंग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ।यसको अनुसन्धान हुनुपर्छ।

Comment